फाँसीदेवा अस्पतालमा चोरी गर्ने अझ एकजना पक्राउ

फाँसीदेवा : फाँसीदेवा अस्पतालमा चोरी गरेको आरोपमा पुलिसले अझ एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक मतिगढाको मेडिकल मोड निवासी ईश्वर दास (34)-को रूपमा चिन्हित गरिएको छ। गत केही दिन अघि फाँसीदेवा ग्रामीण अस्पतालबाट दुईवटा पम्प मसिन, एउटा रड काट्ने मसिन चोरी भएपछि यसबारे थाना अभियोग दर्ता गरिएको थियो। घटनाको जाँचमा जुटेका पुलिसले गत शनिबार दुईजना युवकलाई पक्राउ गरेको थियो भने हिजो अझ एकजना युवकलाई पक्राउ गरेको छ। पुलिसले आरोपी युवकबाट एउटा पम्प मसिन र रड काट्ने मसिन पनि उद्धार गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *