फाँसीदेवाबाट 28 वटा भैँसी सहित 2 जना पक्राउ

फाँसीदेवा : फाँसीदेवा ब्लकको विधाननगर राष्ट्रिय राजमार्गमा नाका चेकिङ अवधि पुलिसले 28 वटा भैँसी सहित 2 जनालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा दालखोला निवासी अनसार रेजा र बिहारको गोपालगञ्ज निवासी अक्षयलाल यादव सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार नाका चेकिङ अवधि एउटा ट्रकलाई रोकेर छानबीन गर्दा 28 वटा भैँसी उद्धार गरेको छ। उद्धार गरेको भैँसीहरूको वैध कागजपत्र देखाउन नसकेपछि पुलिसले ट्रक चालक र खलासीलाई पनि पक्राउ गरेको बताइएको छ। उक्त भैँसीहरू बिहारबाट असम हुँदै बङ्ग्लादेश तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *