फाँसीदेवा विधानसभा क्षेत्रका तृणमूल प्रार्थी छोटन किस्कुको समर्थनमा चुनाउ प्रचार

खोरीबारी : फाँसीदेवा विधानसभा क्षेत्रका तृणमूल प्रार्थी छोटन किस्कुको समर्थनमा पार्टी कार्यकर्ताहरूले चुनाउ प्रचार शुरू गरे। खोरीबारी ब्लक युवा तृणमूल कङ्ग्रेस तथा बुढ़ागञ्ज अञ्चल युवा तृणमूल कङ्ग्रेसले आज खोरीबारी ब्लक अन्तर्गत बुढ़ागञ्ज ग्राम पञ्चायतको थानझोड़ा चियाकमान तथा चुनमुनी गाउँमा छोटन किस्कुको समर्थनमा देवाल लेखनको माध्यमद्वारा चुनाउ प्रचार गर्यो। यस अवसरमा खोरीबारी ब्लक युवा तृणमूल कङ्ग्रेस अध्यक्ष किशोरी मोहन सिंह, बुढ़ागञ्ज अञ्चल अध्यक्ष प्रदीप मिश्रा, बुढ़ागञ्ज अञ्चल युवा तृणमूल कङ्ग्रेस अध्यक्ष जयन्त एक्का, महिला नेत्री डालिया चन्द्र लगायत अन्य कार्यक्रर्ता उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *