फाँसीदेवा ब्लक तृणमूल युवा कङ्ग्रेस-द्वारा सम्मेलनको आयोजना

फाँसीदेवा : फाँसीदेवा ब्लक तृणमूल युवा कङ्ग्रेसको सम्मेलन यहाँको चटहाटमा आयोजना गरियो। उक्त सम्मेलनमा दार्जिलिङ जिल्ला तृणमूल युवा कङ्ग्रेसका सभापति कुन्तल राय, तृणमूल कङ्ग्रेस नेता काजल घोष, ब्लक युवा सभापति अकतार अली, ब्लक सभापति आइनुल हक लगायत फाँसीदेवाको तीनवटा अञ्चलका बुथ सभापति लगायत कार्यकर्ताहरू उपस्थित थिए। सम्मेलनमा आगामी दिनमा सिलगढी महकुमा परिषद् र पञ्चायत चुनाउमा तृणमूल पार्टीलाई विजय बनाउनको लागि युवा समाजलाई अघि आउनुपर्ने अपील गरियो।  यसको साथै बुथ स्तरीय पार्टीका नेता तथा कार्यकर्ताहरूलाई लिएर चाँडै  साधारण मानिसहरूसमक्ष पुग्नेछ भनी कुन्तल रायले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *