फाँसीदेवा व्यापारी हत्याकाण्डमा दुईजना पक्राउ

सिलगढी : सिलगढी संलग्न फाँसीदेवामा एकजना 47 वर्षीय व्यापारी उमेश शाहको निर्मम हत्या गरेर टाउको अनि शरीर अलग-अलग ठाउँमा फ्याँक्ने दुईजना युवकलाई पुलिसले पक्राउ गरेको छ। दार्जिलिङ पुलिसका अधिकारीले पत्रकार सम्मेलन गरेर दिएको जानकारीअनुसार हत्याको त्वरित रूपमा छानबीन गर्दै उक्त व्यापारीको हत्या गर्ने दुईजना व्यक्ति क्रमैले 26 वर्षीय मोहम्मद रसुल र 38 वर्षीय मोहम्मद ममिरूललाई दार्जिलिङ पुलिसले 72 घण्टाको अवधिमा नै पक्राउ गर्न सफल भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *