फाँसीदेवा ग्रामीण अस्पतालमा चोरी गरेको आरोपमा 2 जना पक्राउ

फाँसीदेवा : फाँसीदेवा ग्रामीण अस्पतालमा चोरी गरेको आरोपमा पुलिसले 2 जना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू फाँसीदेवा निवासी सुरेश राउत (33) र दीपङ्कर राय (22) सामेल छन्। प्राप्त जानकारीअनुसार ग्रामीण अस्पतालबाट दुईवटा पम्प मसिन, एउटा रड काट्ने मसिन चोरी भएपछि घटनाबारे फाँसीदेवा थानामा अभियोग दर्ता गरेको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले 2 जना युवकलाई पक्राउ गर्नको साथै चोरी गरेको एउटा पम्प मसिन पनि उद्धार गरेको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *