फाँसीदेवा ग्रामीण अस्पतालमा दिव्याङ्ग प्रमाण पत्र प्रदान शिविरको आयोजना

फाँसीदेवा : सिलगढी जिल्ला अस्पताल, फाँसीदेवा ग्रामीण अस्पताल एवम् वर्ल्ड भिजन इन्डियाको संयुक्त पहलमा आज फाँसीदेवा ग्रामीण अस्पतालमा दिव्याङ्ग प्रमाण पत्र प्रदान शिविरको आयोजना गरियो। उक्त शिविरमा सिलगढी जिल्ला अस्पतालका चिकित्सकहरूले दिव्याङ्गहरूको शारीरिक जाँच गरेपछि तिनीहरूलाई दिव्याङ्ग प्रमाण पत्र प्रदान गरे।


यस अवसरमा सिलगढी जिल्ला अस्पतालका सुपर डा. प्रदीप्त भट्टाचार्य, फाँसीदेवा ग्रामीण अस्पतालका बीएमओएच अरूनाभ दास, विशिष्ट समाजसेवी बापन दास लगायत वर्ल्ड भिजन इन्डियाका सदस्यहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *