फाँसीदेवा हापतियागछको महानन्दा नदीबाट युवकको मृतदेह उद्धार

फाँसीदेवा :  फाँसीदेवाको भारत-बङ्ग्लादेश सीमावर्ती हापतियागछको महानन्दा नदीबाट आज दिउँसो युवकको मृतदेह उद्धार भएको छ। मृतक युवक जाबेद अलीको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत साँझ टिस्टा क्यानलमा हाम फालेर उक्त युवकले आत्महत्या गरेको बताइएको छ। फाँसीदेवा ट्राफिकको सिभिक भोलेन्टियरले आज दिउँसो नदीमा मृतदेह देखेपछि यसबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *