फाँसीदेवा इलाकामा चितुवाको आतङ्क

सिलगढी : सिलगढी महकुमाको फाँसीदेवा इलाकामा चितुवाको आतङ्क छाएको छ। आज बिहान डाँडाबक्सा जोतको चियाकमान इलाकामा स्थानीय मानिसहरूले चितुवा देखेको दावी गरेपछि यसको सत्यतालाई पुष्टि गर्नको निम्ति त्यहाँ भएको चितुवाको खुट्टाको छापहरू अन्य मानिसहरूलाई देखाए। यसभन्दा अघि पनि स्थानीय केही मानिसहरूले चितुवा देखेको दावी गरे तापनि यसबारे कुनै पुष्टि हुन सकेको थिएन। चितुवाको यस क्षेत्रमा बढ्दो आतङ्कबीच गाउँलेहरूले यसबारे वन विभागलाई खबर दिएका छन्। 


Leave a Reply

Your email address will not be published. Required fields are marked *