फाँसीदेवाका तृणमूल प्रार्थी छोटन किस्कूले बुझाए नामाङ्कन पत्र

खोरीबारी : फाँसीदेवा विधानसभा क्षेत्रका तृणमूल प्रार्थी छोटन किस्कूले आज आफ्नो नामाङ्कन पत्र बुझाए। यसपछि खोरीबारी प्रखण्ड अन्तर्गत बुढ़ागञ्ज अञ्चलको सोनाचाँदी चियाकमानमा तृणमूल कङ्ग्रेसद्वारा आयोजना गरेको सभामा तिनले अंश ग्रहण गरे। सभालाई सम्बोधन गर्दै प्रार्थी छोटन किस्कूले तृणमूल पार्टी मां-माटी-मानुषसित जोडिएको पार्टी हो। ममता ब्यानर्जीको नेतृत्वमा सरकारले धेरैवटा जनकल्याणकारी कार्यहरू गरेको बताए। कोरोना कालमा पनि सरकारद्वारा जनहितमा कार्य गरेको बताउँदै तिनले तृणमूलको पक्षमा मतदान गर्ने आग्रह गरे। सभामा वक्ताहरूले फाँसीदेवा विधानसभा क्षेत्रका तृणमूल प्रार्थी छोटन किस्कूको समर्थनमा मतदान गर्ने सबैसित अपील गरे। उक्त सभामा प्रार्थी छोटन किस्कू, काजल घोष, हीरणम्य राय, किशोरी मोहन सिंह लगायत पार्टीका अन्य कार्यकर्ताहरू उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *