फाँसीदेवाको भारत-बङ्ग्लादेश सिमानाबाट 3 जना बङ्ग्लादेशी सहित 2 जना भारतीय पक्राउ

सिलगढी : फाँसीदेवाको भारत-बङ्ग्लादेश सिमानाबाट 3 जना बङ्ग्लादेशी सहित 2 जना भारतीयलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा पर्नेहरूमा मोहम्मद विप्लव हुसेन, मोहम्मद आबु बक्कर सिद्दिकी, मोहम्मद सियाम, मोहम्मद मुसिलम र मोहम्मद नहिम सामेल छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार फाँसीदेवाको चटहाट अञ्चलको पियाजीमोड इलाकामा अभियान चलाएर एउटा वाहन रोक्दा 3 जना बङ्ग्लादेशीले सुइँकुच्चा ठोके तापनि अन्य 3 जना बङ्ग्लादेशी सहित 2 जना भारतीय नागरिकलाई पक्राउ गरेको बताइएको छ। गाई-गोरू तस्करी गर्ने तिनीहरूको उद्देश्य रहेको हुनसक्ने पुलिसले प्राथमिक अनुमान लगाएको छ। पक्रा परेकाहरूबाट 2 वटा बङ्ग्लादेशको मोबाइल, 2 वटा सिम कार्ड र बङ्ग्लादेशी 90 रुपियाँ उद्धार भएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *