फाँसीदेवाको चटहाटबाट चोरी गरेको स्कुटी सहित 1 जना पक्राउ

फाँसीदेवा: स्कुटी चोरी गरेर बिक्री गर्ने क्रममा पुलिसले फाँसीदेवा ब्लकको चटहाट इलाकाबाट एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्तिको नाम मोहम्मद साहानी बताइएको छ। तिनी फुलबारीको पश्चिम धनतला इलाका निवासी हुन्। गोप्य सूचनाको आधारमा फाँसीदेवा थाना पुलिसले चटहाट इलाकाबाट चोरी गरेको स्कुटी सहित एकजना व्यक्तिलाई पक्राउ गरेको छ। पुलिसलाई देखेर घटनास्थलबाट अन्य एकजनाले सुइँकुच्चा ठोकेको बताइएको छ। उक्त घटनामा अन्य व्यक्तिहरू संलग्न रहेको हुनसक्ने आशंकामा पुलिसले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *