फाँसीदेवाको एउटा दोकानमा आगलागी हुँदा लाखौँ रुपियाँको क्षति

फाँसीदेवा : फाँसीदेवा ब्लकको जालास निजामतारा अञ्चलको मोहम्मद बक्सा इलाकाको एउटा दोकानमा आगलागी हुँदा लाखौँ रुपियाँको क्षति भएको छ। प्राप्त जानकारी अनुसार खाना पकाउने स्टोभबाट आगलागी हुँदा घटनाबारे फाँसीदेवा थाना पुलिस तथा मतिगढा अग्निशमन विभागलाई खबर दिइयो। घटनाको खबर पाएर दमकलको एउटा इञ्जिन घटनास्थलमा पुगेर केही समयको प्रयासपछि आगोलाई नियन्त्रणमा ल्याएको बताइएको छ। तथापि, आगो निभाउन अगावै दोकान जलेर खरानी भएकोले लाखौँ रुपियाँको क्षति भएको थाहा लागेको छ। फाँसीदेवा इलाकामा अग्निशमन केन्द्र बनाउनुपर्ने स्थानीय मानिसहरूले माग गरेका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *