फाँसीदेवाको एउटा घरबाट टोक्के उद्धार

फाँसीदेवा: फाँसीदेवाको विवेकानन्दपल्ली इलाकास्थित एउटा घरको बाथरूमबाट टोक्के उद्धार भएको छ। प्राप्त जानकारी अनुसार आज उक्त घरको परिवारका सदस्यहरूले घरको बाथरूमा टोक्के देखेपछि प्रथमतः तिनीहरूले यसलाई साँप सम्झेर आतङ्कित बनेका थिए। यसपछि छिमेकीहरू उक्त घरमा पुगेर टोक्केलाई उद्धार गरेर विधाननगर जाँच केन्द्रका पुलिसलाई सुम्पिदिए। पछि पुलिसले उक्त टोक्के घोषपुकुर वन विभागलाई सुम्पिदिएको बताइएको छ। वन विभागले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *