फाँसीदेवाको घोषपुकुर फ्लाईओभर ब्रिजको मरमति कार्य शुरू

फाँसीदेवा : फाँसीदेवाको घोषपुकुर फ्लाईओभर ब्रिजमा फाँटो देखापरेपछि आज बिहानदेखि यसको मरमतिको कार्य जोडतोडले चलिरहेको छ। गत साँझ घोषपुकुरको 31 डी राजमार्गको फ्लाईओभरमा फाँटो देखापरेपछि वाहनहरूको चलाचल बन्द गरिदिएको थियो। आज बिहानदेखि उक्त फ्लाईओभरको मरमतिको कार्य शुरू गरिएको छ भने यसको लागि लगभग 15-20 दिनको समय लाग्ने बताइएको छ। घोषपुकुर-सलसलाबारी प्रोजेक्टको 31 डी राष्ट्रिय राजमार्गको उक्त फ्लाईओभर ब्रिज कोलकाता र बिहारलाई जोड्ने सडक हो। उक्त फ्लाईओभरमा फाँटो देखापरेपछि स्थानीय मानिसहरू लगायत व्यवसायी तथा चालकहरूले क्षोभ प्रकट गरे। तथापि, फ्लाईओभरमा देखापरेको फाँटोबारे राष्ट्रिय सडक कर्तृपक्षले कुनै प्रतिक्रिया नदिएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *