फाँसीदेवा: फाँसीदेवाको 31 नम्बर राष्ट्रिय राजमार्ग नजिक नवजात शिशु कन्या उद्धार भएको छ। उक्त घटना फाँसीदेवाको विधाननगर जगन्नाथपुर इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार आज स्थानीय एकजना व्यक्तिले उक्त नवजात शिशुलाई देखेपछि विधाननगर थाना पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर उक्त नवजात शिशुलाई उद्धार गरेर विधाननगर प्राथमिक स्वास्थ्य केन्द्रमा लगे। हाल उक्त शिशुलाई विधाननगर स्वास्थ्य केन्द्रमै राखिएको छ। कसले अथवा किन उक्त शिशुलाई त्यहाँ छोडेको भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको छ।