फाँसीदेवा : फाँसीदेवाको जगन्नाथपुरको 31 नम्बर राष्ट्रिय राजमार्ग नजिक एकजना व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति आन्ध्रप्रदेशको गुन्टुर जिल्ला निवासी नालिल्ला अशोकको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार स्थानीय मानिसहरूले राष्ट्रिय राजमार्गको किनारमा खुट्टा बाँधेको अवस्थामा तिनको शव देखेपछि यसबारे विधाननगर आउटपोस्ट पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। मृतक व्यक्ति ट्रक चालक अथवा खलासी हुनसक्ने पुलिसले अनुमान लगाएको छ।