फाँसीदेवामा धेरै मात्रामा गाँजा सहित 2 जना पक्राउ

फाँसीदेवा, 7 जनवरी (निसं)। गोप्य च्याम्बर बनाएर गाँजा तस्करी गर्ने योजनालाई विफल पार्दै फाँसीदेवा थाना पुलिसले अभियान चलाएर धेरै मात्रामा गाँजा उद्धार गर्नको साथै दुई जनालाई पक्राउ गरेको छ। जानकारी अनुसार, फाँसीदेवाको घोषपुकुर-फूलबाड़ी 27 नम्बर राष्ट्रिय राजमार्गको धामनागछ क्षेत्रमा पार्क गरेर राखेको एउटा लरीबाट 78 किलो गाँजा उद्धार गरिएको छ। उक्त घटनामा दुई जनालाई पक्राउ गरिएको छ। पक्रा पर्नेहरूको नाम रज्जाक मण्डल र मोफिजुल हक हो। यी दुवै तूफानगञ्जका वासिन्दा हुन्।
पुलिस सूत्र अनुसार, आरोपीहरूले कूचबिहारको तूफानगञ्जबाट कोलकाता तर्फ गाँजा तस्करी गर्ने योजना बनाएका थिए। तस्करीका लागि प्रयोग गरिएको लरी पनि जफत गरिएको छ। आरोपीहरूलाई आज सिलगढी अदालतमा पेश गरिएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *