फाँसीदेवामा आग्नेयास्त्र सहित युवक पक्राउ

फाँसीदेवा :  फाँसीदेवाको भारत-बङ्ग्लादेश सिमानाको हापतियागछ ब्रिजबाट आग्नेयास्त्रसहित एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक उत्तर दिनाजपुरको चोपडा निवासी दबीर आलमको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार चटहाट हुँदै फाँसीदेवा प्रवेश गरिरहेको समय पुलिसले उक्त युवकलाई पक्राउ गर्नको साथै एउटा आग्नेयास्त्र र एक राउण्ड कार्तुस उद्धार गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार उक्त युवकले बिहारबाट आग्नेयास्त्र किनेर फाँसीदेवा इलाकामा छिनताई गर्ने योजना रहेको बताइएको छ। यसभन्दा अघि पनि गाई-गोरू चोरी, छिनताई लगायत विभिन्न असामाजिक गतिविधिमा उक्त युवक लिप्त रहेको आरोपमा पक्राउ गरेको पुलिस सूत्रले जनाएको छ। घटनाको जाँच शुरू गरेको फाँसीदेवा थाना पुलिसले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *