फाँसीदेवामा अनियन्त्रित भएर सडक किनारमा पल्टियो मालवाहक लरी

फाँसीदेवा: फाँसीदेवाको घोषपुकुर-फुलबारी बाइपास रोडमा मालवाहक लरी अनियन्त्रित भएर पल्टिँदा कसैको ज्यानलाई कुनै क्षति नपुर्‍याएको थाहा लागेको छ। प्राप्त जानकारी अनुसार पुर्नियाबाट एउटा मालवाहक लरी फुलबारीतर्फ गइरहेको समय अचानक अनियन्त्रित भएर सडक किनारमा पल्टियो। ठुलो आवाज सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *