फाँसीदेवामा ब्राउन सुगर सहित एकजना पक्राउ

फाँसीदेवा : विधाननगर थाना पुलिसले फाँसीदेवाको सदरगढ इलाकाबाट ब्राउन सुगरसहित एकजना व्यक्तिलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका व्यक्ति 37 वर्षीय बरूण मण्डलको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार विधान नगर थाना पुलिसले गोप्य सूचनाको आधारमा फाँसीदेवा ब्लकको सदरगढ इलाकामा अभियान चलाएर एकजना व्यक्तिलाई रोकेर छानबीन गर्दा 15 ग्राम ब्राउन सुगर उद्धार गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उद्धार गरेको ब्राउन सुगरको अनुमानित बजार मूल्य केही हजार रुपियाँ रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *