फाँसीदेवामा चोरी गरेको आरोपमा युवक पक्राउ

फाँसीदेवा : चोरी गरेको आरोपमा पुलिसले एकजना युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवक अमल सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार गत 17 मईमा फाँसीदेवा ब्लकको जालासनिजामतारा अञ्चलको बनिजजोत गाउँ निवासी अधीर सरकारको घरबाट लगभग 4 लाख रुपियाँको बहुमूल्य सुनको गर-गहना चोरी भएको थियो। घटनापछि तिनले फाँसीदेवा थानामा अभियोग दर्ता गरेका थिए। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले अमल सरकारलाई पक्राउ गर्नको साथै चोरी गरेको गर-गहनाको उद्धार गर्ने पुलिसले प्रयास गरिरहेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *