फाँसीदेवामा करोडौँ रुपियाँको बर्मा टिक काठ सहित 2 जना पक्राउ

सिलगढी : फाँसीदेवा थाना पुलिसले करोडौँ रुपियाँको बर्मा टिक काठसहित दुईजना तस्करलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरू उत्तरप्रदेश निवासी निजाम अहमद र चाँद हुसेनको रूपमा चिन्हित गरिएको छ।


प्राप्त जानकारी अनुसार फाँसीदेवा थाना अन्तर्गत गोयालटुली मोड इलाकामा पुलिसले एउटा लरीलाई रोकेर छानबीन गर्दा धेरै मात्रमा बर्मा टिक काठ उद्धार गर्नको साथै लरी चालक र खलासीलाई पनि पक्राउ गरेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार उद्धार गरेको उक्त काठ पुर्णियामा तस्करी गर्ने उद्देश्यले लगिरहेको थियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *