फाँसीदेवामा दिव्याङ्ग नाबालिकासित दुष्कर्म गरेको आरोपमा बाबु र फुपा पक्राउ

फाँसीदेवा : फाँसीदेवामा दिव्याङ्ग नाबालिकासित दुष्कर्म गरेको आरोपमा बाबु र फुपालाई पक्राउ गरेको छ। उक्त घटना फाँसीदेवाको गेवरामुनि गाउँमा गत बिहिबार राति घटेको हो। पक्रा परेकाहरू हटेन सोरेन र रवीन्द्र मिञ्च सामेल छन्। उक्त घटनापछि पीडित नाबालिकाले नजिकैको घरमा आश्रय लिएकी छन्। नाबालिकाले घटनाबारे गाउँलेहरूलाई विस्तृत रूपमा जानकारी गराएपछि तिनीहरूले यसबारे पुलिसलाई खबर दिए। पुलिसले हिजो नाबालिकाको बाबु र फुपालाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *