फाँसीदेवामा दुईदिने आयुष मेलाको उद्घाटन गरिन् मन्त्री चन्द्रिमा भट्टाचार्यले

फाँसीदेवा : दार्जिलिङ जिल्ला स्वास्थ्य तथा परिवार कल्याण विभागको पहलमा फाँसीदेवामा आयोजित दुईदिने आयुष मेलाको स्वास्थ्य राज्य मन्त्री चन्द्रिमा भट्टाचार्यले उद्घाटन गरिन्। यस अवसरमा चन्द्रिमा भट्टाचार्यले भनिन्, जिल्लामा यो दोस्रो आयुष मेलाको आयोजना गरिएको हो। केही दिन अघि खोरीबारीमा शिविरको आयोजना गरिएको थियो। आयुष मेलामा मोठ 54 वटा स्टल लगाइएको छ। सरकारको विभिन्न सेवाहरू मानिसहरूसमक्ष पुर्‍याउने उद्देश्य लिएर उक्त मेलाको आयोजना गरिएको हो। स्वास्थ्य विभागको रिपोर्टमा उत्तर बंगाल मेडिकल कलेज पछि रहेकोले यसलाई ठिक गर्नुपर्नेछ। आयुष मेलाको उद्घाटन कार्यक्रममा सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोष, मुख्य स्वास्थ्य अधिकारी डा. तुलसी प्रामाणिक लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *