फाँसीदेवामा दुईवटा वाहन ठोक्किँदा एकजना घाइते

सिलगढी : फाँसीदेवाको घोषपुकुर-फुलबारी मोडको कान्तिभिटा इलाकामा दुईवटा वाहन आपस्तमा ठोक्किँदा एकजना व्यक्ति घाइते भएका छन्। प्राप्त जानकारीअनुसार सिलगढी रेगुलेटेड मार्केटबाट एउटा माछा बोकेको वाहन विधाननगरतर्फ गइरहेको समय कान्तिभिटा इलाकामा एउटा ग्यास बोकेको ट्याङ्करसित ठोक्किँदा माछा बोकेको वाहनको चालक घाइते भएका छन्।  घाइते चालकलाई उद्धार गरेर फाँसीदेवा ग्रामीण अस्पतालमा लगियो। उक्त दुर्घटनाले गर्दा केही समयको लागि जामको समस्या देखापर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *