फाँसीदेवामा गाई-गोरू चोरको सन्देहमा बङ्ग्लादेशी युवक पक्राउ

फाँसीदेवा: गाई-गोरू चोरको सन्देहमा एकजना बङ्ग्लादेशी युवकलाई पक्राउ गरेपछि आज सिलगढी अदालतमा पेश गर्यो। प्राप्त जानकारी अनुसार उक्त युवकले अवैध रूपमा काँढे तार पार गरेर बङ्ग्लादेशबाट भारतमा प्रवेश गरेपछि फाँसीदेवा ब्लकको हेलागछ गाउँमा यताउता घुमफिर गरिरहेका थिए। घटनाको खबर पाएर पुलिस घटनास्थलम पुगेर उक्त युवकसित सोधखोज गरेपछि पक्राउ गरेर थानामा लगेको बताइएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार पक्रा परेका युवकको नाम साबुर अली बताइएको छ। तिनी बङ्ग्लादेशको ठाकुर गाउँ निवासी हुन्। फाँसीदेवा थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *