फाँसीदेवामा इन्दिरा गाँधीको पुण्यतिथि पालन

फाँसीदेवा : फाँसीदेवाको जालास निजामतारा अञ्चल कङ्ग्रेस कमिटीको तर्फबाट आज स्वाधीन भारतको प्रथम महिना प्रधानमन्त्री तथा कङ्ग्रेस नेत्री इन्दिरा गाँधीको पुण्यतिथि पालन गरियो। जालास निजामतारा अञ्चल कङ्ग्रेस कार्यालयमा कङ्ग्रेसका नेता तथा कार्यकर्ताहरूले इन्दिरा गाँधीको प्रतिकृतिमा फुलमाला तथा पुष्प चढाएर श्रद्धासुमन अर्पण गरे। यस अवसरमा फाँसीदेवा ब्लक कङ्ग्रेस सभापति श्यामल मण्डल, विधानसभा युवा सभापति गुलाम मुस्ताफा, जालास अञ्चल कङ्ग्रेस कमिटीका सभापति अकबर अली, ब्लक छात्र परिषद्का सभापति तानवीर आलम, युवा कङ्ग्रेसका अञ्चलका सभापति हासीबुल रहमान, पञ्चायत सदस्य सुबोध विश्वास लगायत अन्य उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *