फाँसीदेवामा इन्साफ फार्मर्स-द्वारा उचित मूल्यमा कृषकहरूबाट धान किन्न शुरू

फाँसीदेवा : इन्साफ फार्मर्स प्रोड्युसर्स कम्पनी लिमिटेडले फाँसीदेवाका कृषकहरूबाट उचित मूल्यमा धान किन्न शुरू गरेको छ। इन्साफ फार्मर्सले पहिला नै कृषकहरूबाट सोझै उचित मूल्यमा धान किन्ने अनुमति पाइसकेको थियो। यसपछि आजदेखि फाँसीदेवाको ग्वालटुली मोड़मा धानको किन्ने प्रक्रिया शुरू भएको छ। यस सम्बन्धमा स्थानीय समाजसेवी अख्तरले बताएअनुसार राज्य सरकारले प्रत्येक ब्लकमा कृषक मन्डी गठन गरेको छ भने यस अन्तर्गत इन्साफ फार्मर्सलाई स्वीकृति दिएको छ। उक्त मन्डीमा कृषकहरूले सोझै उचित मूल्यमा आफ्नो धान बेच्न सक्नेछन्। इन्साफ फार्मर्सका सदस्य मोहम्मद हसीबुलले बताएअनुसार फाँसीदेवा चटहाटमा कृषकहरूलाई खेतमा उत्पादन गरेको फसल बेच्न धेरै असुविधा भइरहेको थियो। हाल कृषक मन्डीको माध्यमद्वारा तिनीहरूले फसलहरू सोझै बिक्री गर्न सक्नेछन्। यसको साथै गाउँ-गाउँमा गएर शिविरको माध्यमद्वारा कृषकहरूबाट धान किन्नेछन् भनी तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *