फाँसीदेवामा झुन्डिएको अवस्थामा युवकको शव उद्धार

फाँसीदेवा : फाँसीदेवा ब्लकको जगन्नाथपुर इलाकामा आज झुन्डिएको अवस्थामा युवकको शव उद्धार भएको छ। मृतक युवक चञ्चल सिंह (24)-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार आज परिवारका सदस्यहरूले घर पछिल्तिरको रुखमा झुन्डिएको अवस्थामा युवकको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर विधान नगर जाँच केन्द्रका पुलिस घटनास्थलमा पुगरे शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *