फाँसीदेवामा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

फाँसीदेवा : फाँसीदेवामा झुन्डिएको अवस्थामा एकजना व्यक्तिको शव उद्धार भएको छ। प्राप्त जानकारीअनुसार आज बिहान परिवारका सदस्यहरूले बोम्बाई राय (32)-लाई बारम्बार बोलाउँदा पनि कुनै उत्तर नदिएपछि कोठाको दैलो भत्काएर भित्र पस्दा झुन्डिएको अवस्थामा तिनको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *