फाँसीदेवामा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

फाँसीदेवा :  फाँसीदेवा ब्लकको कुचियागछ इलाकामा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति फाँसीदेवाको हात्तीडोबा कोलनी निवासी 30 वर्षीय भीम हासदाको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले झुन्डिएको अवस्थामा भीम हासदाको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.