फाँसीदेवामा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

फाँसीदेवा : फाँसीदेवाको जालास निजामतारा इलाकाको नरदेवजोत इलाकामा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति 35 वर्षीय लक्षण सरकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान परिवारका सदस्यहरूले घरभित्र झुन्डिएको अवस्थामा लक्षणको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। मृतकका भाइ परितोष सरकारले कोरोनाको परिस्थितिपछि तिनीमाथि अधिक पारिवारिक तथा मानसिक दबाउ बढेकोले गर्दा नै तिनी चिन्तित भएर यस प्रकारको कदम उठाएको हुनसक्ने आशंका व्यक्त गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *