फाँसीदेवामा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार

फाँसीदेवा : फाँसीदेवामा झुन्डिएको अवस्थामा व्यक्तिको शव उद्धार भएको छ। मृतक व्यक्ति कौशिक दासगुप्ताले सिलगढी अदालतमा मोहरीको काम गर्ने गर्दथे। प्राप्त जानकारी अनुसार गत बिहिबार स्वास्नी र दुईजना नानीलाई ससुरालीमा छोडेर आएका थिए भने आज तिनीहरूलाई लिन जाने कुरा थियो। आज बिहानैदेखि स्वास्नीले फोन गर्दा नउठाएपछि घरमा आएर ताला भत्काएर घरभित्र पसेर हेर्दा झुन्डिएको अवस्थामा लोग्नेको शव भेट्टाइन्। यसपछि घटनाबारे पुलिसलाई खबर दिएपछि फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। मृतक व्यक्तिको हातमा चोटको निशान रहेको बताइएको छ। उक्त व्यक्तिले आत्महत्या गरेको हो अथवा हत्या हो भन्ने विषयमा पुलिसले जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *