फाँसीदेवामा खेतीको जमिनबाट आग्नेयास्त्र उद्धार

फाँसीदेवा : फाँसीदेवाको रूपनदिघी इलाकामा खेतीको जमिनबाट आग्नेयास्त्र उद्धार भएपछि इलाकामा सनसनी मच्चियो। स्थानीय मानिसहरूले आज खेतीको जमिनमा काम गर्दा आग्नेयास्त्र उद्धार भएको बताइएको छ। उक्त आग्नेयास्त्र बङ्ग्लादेशी गाई-गोरू तस्करहरूको हुनसक्ने अनुमान लगाइएको छ। घटनाबारे फाँसीदेवा थाना पुलिसलाई खबर दिएपछि पुलिस घटनास्थलमा पुगेर आग्नेयास्त्र उद्धार गरेर थानामा लगे। घटनापछि इलाकामा मानिसहरूमा आतङ्कको माहौल देखापर्यो। फाँसीदेवा थाना पुलिसले घटनाको जाँच शुरू गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *