फाँसीदेवामा माछा बोकेको पिकअप भ्यान पल्टिँदा 2 जना घाइते

फाँसीदेवा : फाँसीदेवा राष्ट्रिय राजमार्गमा माछा बोकेको एउटा पिकअप भ्यान पल्टिँदा 2 जना घाइते भएका छन्। प्राप्त जानकारीअनुसार आज एउटा माछा बोकेको पिकअप भ्यान फाँसीदेवा ब्लक अन्तर्गत पर्ने भिमबारको राष्ट्रिय राजमार्गमा अनियन्त्रित भएर पल्टिँदा चालक र खलासी घाइते भएका छन्। उक्त पिकअप भ्यान कोलकाताबाट सिलगढीतर्फ गइरहेको थियो। घटनापछि पुलिसले घाइतेहरूलाई उद्धार गरेर अस्पतालमा पठाएको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *