फाँसीदेवामा रेल लाइनबाट क्षत-विक्षत अवस्थामा महिलाको शव उद्धार

फाँसीदेवा : फाँसीदेवामा रेल लाइनबाट क्षत-विक्षत अवस्थामा महिलाको शव उद्धार भएको छ। मृतक महिला फाँसीदेवाको धामनागछ निवासी प्रगति कर्मकारको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान स्थानीय मानिसहरूले फाँसीदेवाको निजबारी इलाकाको रेल लाइनमा क्षकत-विक्षत अवस्थामा महिलाको शव देखे। घटनाको खबर पाएर फाँसीदेवा पुलिस तथा रेल पुलिस घटनास्थलमा पुगेर मृतदेह उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *