फाँसीदेवामा रासन वितरणलाई लिएर तनाउको माहौल, गाउँलेहरूद्वारा रासन दोकानमा ताला झुन्ड्याएर विक्षोभ

फाँसीदेवा: फाँसीदेवामा रासन वितरणलाई लिएर तनाउको माहौल देखापर्यो। गाउँलेहरूले रासन दोकानमा ताला झुन्ड्याएर विक्षोभ प्रदर्शन गरे। उक्त घटना फाँसीदेवा ब्लकको बलाईगञ्ज गाउँमा घटेको हो। प्राप्त जानकारी अनुसार धेरैपल्ट भ्रष्टाचारको आरोप उठेपछि खाद्य विभागले रासन दोकानको लाइसेन्स ससपेन्ड गरिदिएको थियो। सहकारी समितिको रासनको दायित्वमा रहेका केही डिलरविरुद्ध भ्रष्टाचारको आरोप लागेपछि दुई महिनाको लागि अन्य रासन डिलरलाई रासन वितरण गर्ने दायित्व सुम्पेको थियो। यसै बीच उक्त रासन दोकानको ससपेन्सन पहिला नै हटाइसकेको छ। आज रासन दिने कुरा रहे तापनि गाउँलेहरूले उक्त रासन दोकानमा ताला झुन्ड्याएर विक्षोभ प्रदर्शन गरे। प्रदर्शनकारीहरूको माग अनुसार सहकारी समितिका अध्यक्ष केवल सिंह पनि भ्रष्टाचार संलग्न रहेको छ। भ्रष्टाचार गर्ने रासन डिलरलाई पुनः कसरी लाइसेन्स दिइयो भन्दै तिनीहरूले प्रश्न चिन्ह खडा गरे। घटनाको खबर पाएर फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *