फाँसीदेवामा ससुरालीबाट झुन्डिएको अवस्थामा ज्वाइँको शव उद्धार

फाँसीदेवा : ससुरालीबाट झुन्डिएको अवस्थामा ज्वाइँको शव उद्धार भएको छ। उक्त घटनाले आज फाँसीदेवा ब्लक अन्तर्गत विधाननगरको बिजलीमणी चियाकमानको पाका लाइन इलाकामा शोकको लहर छाएको छ। मृतक व्यक्ति अनिल कुजूरको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार अनिल कुजूर ससुरालीमै बस्ने गर्दथे। आज बिहान परिवार सदस्यहरू घरभित्र झुन्डिरहेको अवस्थामा ज्वाइँको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर विधाननगर जाँच केन्द्रका पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ। पारिवारिक सूत्रले दिएको जानकारी अनुसार मृतक अनिल कुजूर मानसिक रूपमा अस्वस्थ्य थिए।


 


Leave a Reply

Your email address will not be published. Required fields are marked *