फाँसीदेवामा टाउको काटिएको अवस्थामा शव उद्धार, हेलमेटमा भेटियो टाउको

सिलगढी : सिलगढी संलग्न फाँसीदेवा थाना अन्तर्गत पर्ने पावरहाउस इलाकामा आज टाउको काटेर अलग भएको अवस्थामा एउटा मृतदेह उद्धार भएको छ। मृतक व्यक्ति सिलगढीको झन्कार मोड संलग्न ग्वालापट्टी इलाका निवासी उमेश शाहको रूपमा चिन्हित गरिएको छ। फाँसीदेवामा तिनको बोराको गोदाम रहेको छ। प्राप्त जानकारीअनुसार गत साँझ तिनी उक्त गोदाममा आएपछि तिनको मोबाइल बन्द रहेको थियो। आज बिहान स्थानीय मानिसहरूले एउटा टाउको विहीन शव देखे भने शवको नजिकमै हेलमेटमा मृतक व्यक्तिको टाउको रहेको थियो। घटनाको खबर पाएर फाँसीदेवा पुलिस घटनास्थलमा पुगेर छानबीन गर्दा उक्त शव उमेश शाहको रहेको थापा पाए। यसपछि पुलिसले उक्त शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिस सूत्रले दिएको जानकारी अनुसार उक्त व्यक्तिको कसैले धारिलो हतियारले प्रहार गरेर हत्या गरेको अनुमान लगाएको छ। घटनाको जाँच शुरू गर्दै फाँसीदेवा पुलिसले आज बिहान उक्त इलाकामा स्निफर डगको सहयोगमा छानबीन गर्यो। तथापि, हालसम्म हत्याको आरोपीलाई चिन्हित गर्न नसकिएको तर छानबीन भने जारी रहेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *