फाँसीदेवामा ट्रेनको धक्का लागेर महिलाको मृत्यु

फाँसीदेवा : फाँसीदेवाको बरपुतु इलाकामा ट्रेनको धक्काले अज्ञात महिलाको मृत्यु भएको छ। प्राप्त जानकारीअनुसार आज अप दार्जिलिङ मेल ट्रेनको धक्का लागेर एउटी अज्ञात महिलाको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर रेलवे पुलिस र फाँसीदेवा थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेर पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाउनको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ। तथापि, समाचार लेखुञ्जेलसम्म मृतक महिलाको पहिचान जुटाउन नसकेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *