फाँसीदेवामा भयानक सडक दुर्घटना, नवजात शिशिसहित 5 जना घाइते

फाँसीदेवा (निसं): फाँसीदेवाको घोषपुकुर-फूलबाड़ी बाईपास राष्ट्रीय राजमार्ग-31(डी) मा आज भयानक दुर्घटना हुँदा एकजना नवजात शिशु सहित पाँच जना गम्भीर रूपमा घाइते भएका छन्। जानकारी अनुसार एउटा ग्यासको ट्याङ्कर अनियन्त्रित भएर रोगीहरू सवार रहेको एम्बुलेन्स वाहनमाथि पल्टियो। उक्त घटनामा नवजात शिशु सहित पाँच जना घाइते भएको छ। घाइतेहरूलाई घटनास्थलबाट उद्धार गरेर पहिला फाँसीदेवा अस्पतालमा अनि त्यसपछि उत्तर बंगाल मेडिकल कलेज अवम् अस्पतालमा लगियो। उक्त दुर्घटना पछि ट्याङ्करको चालक चम्पट कसेको बताइएको छ। फाँसीदेवा थाना पुलिसले घटनाको जाँच शुरू गरेको छ।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *