फाँसीदेवामा वाहन र बाइक ठोक्किँदा 1 जना घाइते

फाँसीदेवा : फाँसीदेवाको सयदाबादमा वाहन र बाइक आपस्तमा ठोक्किँदा एकजना घाइते भएको छ। प्राप्त जानकारी अनुसार आज एउटा वाहन घोषपुकुरतर्फ गइरहेको समय पछित्तिरबाट आइरहेको एउटा बाइकले वाहनलाई धक्का दिँदा बाइक सवार घाइते भएको बताइएको छ। घाइते चालकलाई उद्धार गरेर विधाननगर प्राथमिक स्वास्थ्य केन्द्रमा लगेपछि त्यहाँबाट उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। पुलिसले घटनास्थलबाट दुईवटा वाहन उद्धार गरेर लैजानको साथै घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *