फाँसीदेवा पुलिसद्वारा बङ्ग्लादेशी पशु तस्कर पक्राउ

फाँसीदेवा : फाँसीदेवा पुलिसले एकजना बङ्ग्लादेशी पशु तस्कर नयन अली (22)-लाई पक्राउ गरेको छ। पुलिस सूत्रले दिएको जानकारीअनुसार फाँसीदेवा अञ्चलको धनिया मोड़ नजिकको इलाकामा गश्ती अवधि एकजना संदिग्ध युवकलाई देखेपछि सोधखोजको लागि तिनलाई थानामा लगेर सोधखोज गर्नको साथै तिनीबाट एउटा चक्कु र बङ्ग्लादेशी सिगरेट उद्धार गरेको बताइएको छ। उक्त युवकले गाई-गोरूको तस्करी गर्नको लागि सीमा पार गरेर भारतमा अवैध रूपमा प्रवेश गरेको स्वीकारेपछि पुलिसले तिनलाई पक्राउ गरे। पक्रा परेका युवकलाई आज सिलगढी महकुमा अदालतमा पेश गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *