फाटापुकुरमा 2 वटा वाहन ठोक्किँदा 3 जना घाइते

राजगञ्जदुईवटा वाहन आपस्तमा ठोक्किँदा 3 जना घाइते भएका छन्। उक्त घटना गत अबेर राति सिलगढी जलपाईगढी राष्ट्रिय राजमार्ग अन्तर्गत राजगञ्जको फाटापुकुर चवाई नदी संलग्न इलाकामा घटेको हो। प्राप्त जानकारी अनुसार सडक नजिक एउटा मालवाहक वाहन रोकेर राखेको थियो। अचानक एउटा कन्टेनर अनियन्त्रित भएर सोझै उक्त वाहनलाई धक्का दिएर जलाशलमा ठेलिदिँदा कन्टेनरको  अघिल्लो भाग क्षतिग्रस्त बनेको छ। घटनापछि उक्त कन्टेनरको केबिन भत्काएर चालकलाई बाहिर निकालेर राजगञ्ज ग्रामीण अस्पतालमा पठाइयो। उक्त घटनामा कन्टेनर चालक, खलासी लगायत 3 जना घाइते भएका छन्। घटनाको खबर पाएर राजगञ्ज पुलिस घटनास्थलमा पुगेर घटनाको जाँच शुरू गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *