फाटापुकुरमा महिलाहरूद्वारा रास उत्सवको आयोजना

राजगञ्ज : फाटापुकुरमा महिलाहरूद्वारा रास उत्सवको आयोजना गरियो। विधायक खगेश्वर रायले आज उक्त रास उत्सवको विधिवत् रूपमा उद्घाटन गरे। राजगञ्ज ब्लकको फाटापुकुर स्कुलपाड़ामा स्थानीय महिलाहरूको पहलमा 2014 सालदेखि श्री कृष्णको रास उत्सव तथा मेलाको आयोजना गर्दै आइरहे तापनि कोरोना महामारीले गर्दा यस वर्ष प्रशासनले मेला आयोजना गर्ने अनुमति नदिएको बताइएको छ। सञ्चालन कमिटीका सदस्यहरूले बताएअनुसार उक्त क्षेत्रका लगभग 50 जना महिलाहरूको पहलमा रास उत्सवको आयोजना गरिएको हो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *