फाटापुकुरमा तृणमूल कङ्ग्रेसद्वारा निःशुल्क नेत्र जाँच शिविर

राजगञ्ज: फाटापुकुरमा तृणमूल काङ्ग्रेसको तर्फबाट निःशुल्क नेत्र जाँच शिविरको आयोजना गरियो। आज पानीकौरी अञ्चल तृणमूल कङ्ग्रेस कमिटीको तत्वावधानमा फाटापुकुरस्थित पार्टी कार्यालयमा निःशुल्क नेत्र जाँच शिविरको आयोजना गरियो। यसबारे राजगञ्जका विधायक खगेश्वर राय जानकारी दिनको साथै आफुले पनि उक्त शिविरमा आँखाको जाँच गराएको जानकारी दिए। पार्टीको तर्फबाट आगामी दिनहरूमा पनि विभिन्न ठाउँहरूमा स्वास्थ्य शिविरको आयोजना गरिने तिनले बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *