पीएचई-को पाइप चोरी गर्ने प्रयास, स्थानीय मानिसहरूले पक्रेर सुम्पिदिए पुलिसलाई

राजगञ्ज : पुरानो तथा भत्केको काम नलाग्ने भएपछि फ्याँकिएको समान उठाउन आएका महिलाहरूले पीएचई-को पाइप चोरी गर्ने प्रयास गरिरहेको समय स्थानीय मानिसहरूले देखेपछि पक्रेर पुलिसलाई सुम्पिदिए। उक्त घटना सिलगढी संलग्न फुलबारीमा घटेको हो। स्थानीय सूत्रले दिएको जानकारी अनुसार आज बिहान पुरानो तथा भत्केको काम नलाग्ने भएपछि फ्याँकिएको समान उठाउन आएका 4 जना महिलाले सिलगढी संलग्न फुलबारी पीएचई पिउने पानी परियोजनाबाट पीएचई-को जोइन्ट पाइप बोरामा हालेर लगिरहेको समय स्थानीय मानिसहरूले तिनीहरूलाई पक्रे तापनि तीमध्ये एउटी महिलाले सुइँकुच्चा ठोकेको बताइएको छ। आरोपी महिलाहरू सिलगढीको झन्कार मोड़ निवासी हुन्। घटनाको जानकारी पाएर न्यु जलपाईगढी पुलिस घटनास्थलमा पुगेर पीएचई-को पाइप चोरी गरेको आरोपमा 3 जना महिलालाई हिरासतमा लिएर थानामा लगे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *