फ्याँकिएको प्लास्टिकहरू वार्ड कमिटीमा दिएको बद्लीमा चामल पाउने

सिलगढी : डेङ्गु रोकथामको लागि सिलगढी नगरनिगमको 20 नम्बर वार्डका काउन्सिलर अभया बसुले अनौठो पहल गरेकी छन्। सहरको सडक, ड्रेनहरूमा फ्याँकिएको प्लास्टिकहरू भेला गरेर वार्ड कमिटीमा जम्मा गरे यसको बद्लीमा चामल दिने तिनले घोषणा गरेकी छन्। ड्रेनहरूमा धेरै मात्रामा प्लास्टिकहरू जम्मा भएकोले गर्दा ड्रेनको पानी अड्केपछि त्यहाँ मच्छरको लार्भाहरूको जन्मिने गर्दछ। यसले गर्दा डेङ्गुको मच्छरको जन्म हुने गरेकोले गर्दा नै यसलाई रोक्नको लागि सिलगढी नगरनिगमको 20 नम्बर वार्ड कमिटीले उक्त पहल गरेको हो। काउन्सिलरले बताएअनुसार मोठ 119 वटा प्लास्टिक जम्मा गरेर वार्ड कमिटीमा दिए यसको बद्लीमा 1 केजी चामल दिइनेछ। यसको साथै तिनले आज वार्डमा डेङ्गुबारे साधारण मानिसहरूलाई जागरूक पनि गराइन्। सिलगढीको 20 नम्बर वार्डका धेरैजसो मानिसहरू आर्थिक रूपमा कमजोर छन्। प्लास्टिकको बद्लीमा चामल पाउँदा तिनीहरू निक्कै खुसी हुनेछन्।  


Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.