फोहोर-मैला जतासुकै नफ्याँकीदिने अपील

मिरिक: गाउँ घर अनि संलग्न क्षेत्रको वातावरणलाई स्वच्छ राख्न अनि प्लास्टिक मुक्त बनाउने अभियानलाई सक्रियरूपले अघि बढाउन मिरिकको गोपाल धारा चियाबारीको पासाङ गाउँ ग्राम कल्याण समिति लागिपरेको छ। गाउँ-घरको सडक मार्ग अनि संलग्न क्षेत्रमा फोहोर मैलालाई जताभावी नफालेर मैला सङ्ग्रह गरिने मैलादानी बनाएर राखिदिने कार्यलाई अघि बढाएको छ। समाजका सभापति विकास राई अनि सचिव श्रीमती ममता राईको नेतृत्वमा समाजका सदस्यहरूले गाउँ घरमा मैलादानी निर्माण गरिरहेका छन्। समाजले मानिसहरूलाई जतासुकै फोहोर-मैला नफ्याकीदिने अपील गर्दै निर्माण गरिएको मैलादानीमा फ्याँक्न आग्रह गरेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *